पश्चिममा सेवा विस्तार गर्न भायनेटले गर्‍यो चाइना कम्युनिकेसनसँग साझेदारी

काठमाडौं । भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस (सीसीएस)नेपालसँग साझेदारी गरेको छ ।

 

यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम (५,६,७) प्रदेशहरुमा द्रुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्ने छ । यसका साथै भायनेट उत्कृष्ट डिजिटल अनुभव मार्फत आम नेपालीको जीवनलाई समृद्ध बनाउने सपना पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने दौरमा निरन्तर लागी परेको छ ।

 

चाइना कम्युनिकेसन सर्भिसेज चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई दूरसञ्चार पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउने काममा संलग्न छ । कम्पनीसँग संसारभरि अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव छ ।

 

भायनेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठक बोहराले भने, “सीसीएससँग साझेदारी गरेर, हामी पश्चिम नेपालमा हाम्रो अत्याधुनिक उच्च गतिको फाइबर नेटवर्क निर्माण गर्न अनुभवी अन्तर्राष्ट्रिय टोलीसँग काम गरिरहेका छौं । यो पश्चिम नेपालमा हाम्रा ग्राहकहरूलाई विश्वस्तरीय इन्टरनेट र डिजिटल सेवाहरू उपलब्ध गराउने हाम्रो निरन्तर प्रतिबद्धताको एक हिस्सा हो।”

 

भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।

 

भायनेट कम्युनिकेसन्स प्रा।लि। नेपालको अग्रणी इन्टरनेट र आईपीटीभी सेवा प्रदायक मध्ये एक हो । सन् १९९९ मा स्थापित, भायनेट सधैं भरपर्दो र किफायती ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्न अग्रभागमा आउँछ ।

 

सन् २०११ मा, भायनेटले नेपालमा ग्राहकहरूलाई उच्च गतिको विश्व स्तरीय इन्टरनेट प्रदान गर्ने फाइबर अप्टिक्स इन्टरनेट (एफटीटीएच) सेवाको सुरुवात गरेको थियो । चाइना कम्युनिकेसन्स सर्भिसेसको नेपालमा उपस्थिति सन् २०१० बाट सुरु भएको थियो र अहिले यसले एनसेल, एनटिसी, र स्मार्ट टेलिकम लगायतका ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

कर्णालीको मुहार फेर्ने 'बेतन कर्णाली' आगामी वर्षदेखि निर्माण हुने, सर्वसाधरणलाई १३% सेयर Read Previous

कर्णालीको मुहार फेर्ने 'बेतन कर्णाली' आगामी वर्षदेखि निर्माण हुने, सर्वसाधरणलाई १३% सेयर

नेपाल लाइफले ९ रोपनी जग्गा किन्ने, काठमाडौंका यी ठाउँमा चाहिने Read Next

नेपाल लाइफले ९ रोपनी जग्गा किन्ने, काठमाडौंका यी ठाउँमा चाहिने