चार महिनामा ८२ अर्बको बस्तु निर्यात, यस्ता छन् धेरै निकासी हुने १० वस्तु

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ४ महिनामा ८२ अर्ब १२ करोड १२ लाख रुपैयाँ भन्दा बढीको बस्तु निर्यात गरेको छ । नेपालले निर्यात गरेका अधिकांश बस्तु नेपालमा कच्चा पदार्थ उत्पादन नहुने रहेका छन् ।

 

नेपालले निर्यात गर्ने तेल लगायतका बस्तु ठूलो परिणाममा निर्यात गरेको देखिन्छ । त्यसको ठिक उल्टो नेपाल कृषि क्षेत्रसँग सम्बन्धीत खाद्य सामाग्री भने छिमेकी मुलुक चीन र भारतसँगै अन्य धेरै देशबाट ठूलो परिमाणमा आयात गरेको छ । धेरै वस्तुहरु आयात गर्ने नेपालले औंलामा गन्न सकिनेगरी केही वस्तुहरु मात्र निर्यात गर्दै आएको छ ।

 

नेपालमा थोरै परिणममा भएपनि छिमेकी मुलुक चीन र भारतसँगै विभिन्न वस्तुहरु जापान, नेदरल्याण्ड, स्पेन, जर्मनी, अष्ट्रेलीया, बेलायत, अमेरीका, स्वीजरल्याण्ड, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा विभिन्न वस्तुहरु निर्यात गर्दै आएको छ ।

 

हरेक वर्ष अर्बौ रुपैयाँ बराबरको विभिन्न वस्तु आयात गर्दै आएको नेपालले थोरै भएपनि विभिन्न वस्तु निर्यात गर्नु पनि सकारात्मक रुपमा लिनु हाम्रो बाध्यता हो । तर, आयात अनुसार निर्यात धेरै नै कम भएकाले हरेक वर्ष नेपालको व्यापार घाटा बढ्दै गएको छ ।

 

भन्सार विभागका अनुसार निर्यात कम र आयात धेरै भएको कारण गतवर्षको तुलनामा चालु आवको पहिलो चार महिनामा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।

 

गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५६.८३ प्रतिशतले बढेको हो । नेपालले गतवर्ष ३ खर्ब ६२ अर्ब २९ करोड बराबरको व्यापार घाटा बेहोरेको थियो ।

 

नेपालले निर्यात गरेको टप १० वस्तु

 

भन्सार विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा २६ अर्ब ४० करोड ११ लाख १ हजार मूल्य बराबरको ११ करोड ७१ लाख ८३ हजार ६५७ किलो प्रशोधित भटमासको तेल भारत निर्यात गरेको छ । त्यसैगरी ११ अर्ब ५८ करोड ३७ लाख १९ हजार बराबरको प्रशोधित पाम तेल पनि भारतमा निर्यात गरेको छ ।

 

३ अर्ब ८९ करोड मूल्यको सेन्थेटिक र्यान, ३ अर्ब ३ करोड मूल्य बराबरको उनको फलैचा, २ अर्ब ६२ करोड बराबरको तयारी पोसाक, २ अर्ब ४७ करोड बारबरको जुट, २ अर्ब ३ करोड मूल्यको सुर्यमुखी तेल, १ अर्ब ९८ करोड मूल्यको जमोठ, १ अर्ब ८७ करोडको जुस, १ अर्ब ६० करोडको अलैची निर्यात भएको छ ।

सवा ७ खर्बको वैदेशिक व्यापार

 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ७ खर्ब ३२ अर्ब ४१ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गतवर्ष सोही अवधिमा नेपालले ४ खर्ब ४२ अर्ब ६९ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको चार महिनामा ६५.४५ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।

 

भन्सार विभागको समीक्षा अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बढीको विदेशी वस्तुको आयात भएको छ भने, ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्यात भएको छ ।

सेयर बजारमा ठूलो गिरावट, सबै परिसूचक राताम्मे Read Previous

सेयर बजारमा ठूलो गिरावट, सबै परिसूचक राताम्मे

पर्यटन व्यवसायी भन्छन्ः ओमिक्रोन भेरियन्टको त्रासले निन्द्रा लाग्नै छाड्यो Read Next

पर्यटन व्यवसायी भन्छन्ः ओमिक्रोन भेरियन्टको त्रासले निन्द्रा लाग्नै छाड्यो