काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज पनि ठूलो गिरावट आएको छ । आज आइतबार बजार ७२.३० अंकले घट्दै नेप्से २५१३.८८ विन्दुमा झरेको हो । आज एकै दिन २.८० प्रतिशतले बजार ओरालो लागेसँगै सबै परिसूचक घटेको हो ।
साताको पहिलो दिन आइतबार कुल २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो । यस कारोबारबाट ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम पनि घटेर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ रुपैयाँमा झरेको छ ।
आईसीएफसी, सबैको लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, पन्चकन्या माइ हाइड्रो पावर कम्पनीका सेयर धनीले धेरै रकम गुमाए भने न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त, मैलुङ खोला जलविद्युत, यूनिलिभर नेपाल, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने धेरै कमाउन सफल भएका छन् ।