एनएमबी बैंक बन्यो एशियाकै उत्कृष्ट बैंक

काठमाडौं । एनएमबी बैंकले ‘दी बैंक अफ दी इयर एशिया २०२१’ को उपाधि जितेको छ । बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दी बैंकरको निर्णायक मण्डलले एनएमबी बैंकलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो।

 

यो पुरस्कार नेपाली बैंकिङ इतिहासमा नै पहिलोपटक एनएमबी बैंकले प्राप्त गरेको हो। यो सँगसँगै एनएमबिले ‘ दी बैंक अफ दी इयर २०२१’ अवार्ड पनि जितेको छ। एनएमबी बैंकको यो पाँच वर्षमा चौथो अवार्ड हो।

 

सन् २००० मा स्थापित बैंक अफ दी इयर अवार्ड प्रत्यक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य पूर्वी युरोप, एशिया, अमेरिका मध्य पूर्व र अफ्रिका गरी वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ।

 

यो पुरस्कारलाई विश्वभरीका बैंकहरुको मूल्यांकन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रुपमा लिइन्छ।

 

दिगो बैंकिङको लागि बैंकले गरेको पहल,डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमविले यो अवार्ड जितेको हो।

तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल अभाव, एक वर्षमै भाउ तेब्बर Read Next

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल अभाव, एक वर्षमै भाउ तेब्बर