काठमाडौं । प्रभु बैंकले एकैदिन ३ एक्सेन्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले रौतहट जिल्लाको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको हो।
एक्स्टेन्सन काउण्टर कार्यालयहरुबाट प्रवाह हरने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले हाल १९३ वटा शाखा कार्यालय, १५२ एटिएम २९ वटा एक्स्टेन्सन काउण्टरहरु बाट सेवा दिइरहेको छ।