सानिमा बैंकले २१ प्रतिशतले लाभांश दिने घोषणा

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

 

बैंकले नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ । अघिल्लो वर्ष सानिमाले १४% नगद लाभांश दिएको थियो ।

 

हाल सानिमा बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने, ९८ प्रतिशत काम सम्पन्न Read Previous

माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने, ९८ प्रतिशत काम सम्पन्न

प्रभु बैंककाे एकैसाथ ३  एक्स्टेन्सन काउण्टर सञ्चालनमा Read Next

प्रभु बैंककाे एकैसाथ ३ एक्स्टेन्सन काउण्टर सञ्चालनमा