चाँदी आयातमा कडाइ, एकपटकमा ३५ हजार डलर बराबरको मात्र ल्याउन पाइने

काठमाडौं । चाँदी आयातका लागि एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको सीमासम्ममा मात्रै सटही सुविधा उपलब्ध हुने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले भनेको छ, ‘चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ३५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।’

 

सुनचाँदीको कारोबार तथा आयात निर्यात गर्न विधिवत् दर्ता भएका र इजाजत लिएका नेपाली सुनचाँदी व्यवसायीले खुला बजारबाट आयात इजाजत व्यवस्थाअनुसार बैंक ग्यारेन्टी, प्रतीतपत्र र स्ट्यान्ड वाई प्रतीतपत्रको माध्यमबाट मात्रै आयात गर्न सक्नेछन् ।

 

केन्द्रीय बैंकका अनुसार यसरी आयात गरिएको चाँदी व्यवसायी स्वयम्ले गरगहना बनाई विक्री गर्न, हस्तकलालगायत सामान बनाई विक्री गर्न वा त्यस्तो कार्य गर्ने व्यवसायीलाई विक्री गर्न र निर्यात गर्ने प्रयोजनका लागि मात्रै प्रयोग गर्न सकिनेछ ।

 

केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै वाणिज्य बैंकले साना सुनचाँदी व्यवसायीलाई मात्र विक्री गर्ने प्रयोजनका लागि खुला बजार आयात इजाजतको व्यवस्थानुसार बैंक ग्यारेन्टी, प्रतीतपत्र र स्ट्यान्ड वाई प्रतीतपत्रको माध्यमबाट प्रचलित व्यवस्था अनुसरण गरेर मात्रै चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ ।

 

त्यस्तै, एकपटकका लागि अधिकतम ५० हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्रै आयात गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि त्यस्तो सीमा एक लाख अमेरिकी डलर बराबर थियो ।

सिक्लेस हाइड्रोपावरको आइपीओ आउँदै, बोर्डमा दियो आवेदन Read Previous

सिक्लेस हाइड्रोपावरको आइपीओ आउँदै, बोर्डमा दियो आवेदन

विदेशी मुद्राको मुद्दती निक्षेप कम्तीमा १ वर्षको हुनुपर्ने, ६ देशको पैसामात्र निक्षेप लिन पाइने Read Next

विदेशी मुद्राको मुद्दती निक्षेप कम्तीमा १ वर्षको हुनुपर्ने, ६ देशको पैसामात्र निक्षेप लिन पाइने