काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।
कम्प्नी आयोजन प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणको लागि आइपीओ जारी गर्न अनुमति माग्दै कात्तिक २९ गते बोर्डमा आवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्काशन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघिनै आइपीओ जारी गर्न बीओके क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।