भन्सार छलेर ल्याएको ३१ बोरा चिनी बरामद

जलेश्वर । भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका–७ बाट चिनी बरामद गरिएको हो । प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एकबोरासमेत नियन्त्रणमा लिएको छ ।

 

साथै ओसारपसारमा प्रयोग गरिएको बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुई मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । बरामद चिनीसहितका सबै सरसामान प्रहरीले भन्सार कार्यालयलाई बुझाउने तयारी गरिरहेको छ । रासस

महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश, बोनस र नगद कति ? Read Previous

महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश, बोनस र नगद कति ?

८० वर्ष टिक्ने दाबी गरिएको पुल बनि नसक्दै भाँच्चियो Read Next

८० वर्ष टिक्ने दाबी गरिएको पुल बनि नसक्दै भाँच्चियो