काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको मंसिर १२ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै धेरै हो । यसअधि बैंकले आर्थिक वर्ष २०७५७६ मा सबैभन्दा धेरै १७.८९ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।
हाल ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी ४ अर्ब एक करोड ८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ।