८० वर्ष टिक्ने दाबी गरिएको पुल बनि नसक्दै भाँच्चियो

काठमाडौं । भोजपुरको उत्तरी र दक्षिणी क्षेत्र जोड्ने कावा खोला पुल निर्माणाधीन अवस्थामै भाँच्चिएको छ । स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको सो मोटरेबल पक्की पुलको आइतबार स्टिल ट्रसको संरचना बीच भागमै भाँच्चिएको हो ।

 

सो पुलको भूकम्प प्रतिरोधी र ८० वर्ष टिक्ने दाबी गरिएको भए पनि निर्माणकै क्रममा ढलेको हो । २०७६ फागुनमा शिलान्यास गरिएको उक्त पुलको लागत ५ करोड रुपैयाँ रहेको छ ।

 

४५ मिटर लामो र ६ मिटर चौडाइको उक्त पुल दुवैतर्फ १.२० मिटरको पैदल हिँड्न मिल्ने गरी निर्माण भइरहेको थियो।

 

भोजपुरको उत्तर-दक्षिण जोड्दै सङ्खुवासभाको किमाथाङ्कासम्म कालोपत्र गर्ने लक्ष्यसहित निर्माण थलिएको पुल निर्माणकै चरणमा ढलेपछि स्थानीय निरास बनेका छन् ।

भन्सार छलेर ल्याएको ३१ बोरा चिनी बरामद Read Previous

भन्सार छलेर ल्याएको ३१ बोरा चिनी बरामद

कोरोनाको नयाँ भेरियन्टको तरंग, जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी Read Next

कोरोनाको नयाँ भेरियन्टको तरंग, जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी