४ महिनामै व्यापार घाटा साढे ५ खर्ब नाघ्यो, यी हुन् धेरै आयात भएका १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को चार महिना (साउन कात्तिक)मै व्यापार घाटा साढे ५ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चार महिनामा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

 

गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५६.८३ प्रतिशतले बढेको हो। गत वर्ष सोही अवधिमा नेपालले ३ खर्ब ६२ अर्ब २९ करोड बराबरको व्यापार घाटा बेहोरेको थियो ।

 

गत वर्षको तुलनामा वस्तु आयात ह्वात्तै बढ्दा व्यापार घाटा चुलिएको हो । चार महिनामा कुल ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बढीको विदेशी वस्तुको आयात भएको विभागले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात ६१.५७ प्रतिशतले बढेको हो । गत वर्ष कात्तिकसम्म ४ खर्ब २ अर्ब ४९ करोड बराबरको आयात भएको थियो ।

 

समीक्षा अवधिमा निर्यात व्यापार पनि उल्लेख्य रुपमा बढेको छ । गत वर्षको तुलनामा निर्यात व्यापार १०४.२९ प्रतिशतले वृद्धि भएको हो । चार महिनामा ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ४० अर्ब २० करोड बराबरको निर्यात भएको थियो ।

 

सवा ७ खर्बको वैदेशिक व्यापार

 

चार महिनाले नेपालले ७ खर्ब ३२ अर्ब ४१ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले ४ खर्ब ४२ अर्ब ६९ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको चार महिनामा ६५.४५ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।

 

समीक्षा अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बढीको विदेशी वस्तुको आयात भएको छ भने ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्यात भएको छ ।

 

१३८ देशबाट आयात

 

चार महिनाको अवधिमा १३८ देशबाट ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

 

भारतबाट ३ खर्ब ८५ अर्ब ९५ करोड ७० लाख बढीको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट एक महिनामा ९४ अर्ब ३० करोड १४ लाख बराबरको आयात भएको छ ।

 

यस्तै, इन्डोनेसियाबाट २३ अर्ब, अर्जेन्टिना १९ अर्ब ९१ करोड, युनाइटेड अरब इमिरेट्स १८ करोड, अस्टेलियार र अमेरिकाबाट १० १० अर्बको वस्तु आयात भएको छ ।

 

यी हुन् धेरै आयात भएका १० वस्तु

 

चालु आवको चार महिनामा सबैभन्दा धेरै डिजेल आयात भएकोे छ । चार महिनामा ३४ अर्ब ३३ करोड २१ लाख बराबरको डिजेल आयात भएको हो ।

यस्तै, दोस्रो धेरै आयात हुनेमा भटमासको कच्चा तेल रहेको छ । यस अवधिमा २७ अर्ब २२ करोड ७१ लाख बराबरको भटमासको कच्चा तेल आयात भएको छ ।

 

यसैगरी, तेस्रोमा २० अर्ब ३५ करोड ८६ लाख बराबरको मोबाइल, कच्चा पाम आयल १९ अर्ब १७ करोड ५७ लाख, पेट्रोल १८ अर्ब ६६ करोड ६५ लाख, आइरन, स्टिल १७ अर्ब ६६ करोड ४० लाख, एलपी ग्यास १७ अर्ब ४३ करोड, सुन १४ अर्ब ९५ करोड, चाँदी १२ अर्ब २२ करोड गरी क्रमशः आयात हुने शीर्ष १० वस्तुमा रहेका छन् ।

तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

साना किसान र कालिका लघुवित्तको लाभांश घोषणा, कुनको कति ? Read Next

साना किसान र कालिका लघुवित्तको लाभांश घोषणा, कुनको कति ?