तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (मंसिर ९ गते) अन्तिम दिन रहेको छ । बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

तीनै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर १० गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

बैंक अफ काठमाण्डूले बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २९ गते प्रज्ञाभवन काठमाडौंमा साधारण सभा बोलाएको छ ।

 

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डले गत वर्षको नाफाबाट घोषणा गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनासहित ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशत लाभांश पारित गर्न मंसिर २८ गते ३५ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा बैंकको केन्द्रीय कार्यालय नयाँबानेश्वर, काठमाडौंमा हुनेछ ।

 

त्यसैगरी, प्राइम लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित मंसिर १९ गते १४ औं वार्षिक साधरण सभा बोलाएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुमनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८७ प्रतिशत गरी कुल १५.८७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

 

तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

नेपाल आयो गाडीमा हावा भर्ने मोबाइल जत्रो मेसिन, कति पर्छ मूल्य ? Read Previous

नेपाल आयो गाडीमा हावा भर्ने मोबाइल जत्रो मेसिन, कति पर्छ मूल्य ?

४ महिनामै व्यापार घाटा साढे ५ खर्ब नाघ्यो, यी हुन् धेरै आयात भएका १० वस्तु Read Next

४ महिनामै व्यापार घाटा साढे ५ खर्ब नाघ्यो, यी हुन् धेरै आयात भएका १० वस्तु