साना किसान र कालिका लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत दुई लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । साना किसान लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।

 

साना किसान लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

त्यसैगरी, कालिका लघुवित्त सञ्चालक समितिको बुधबारै बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो । लघुवित्तले गत वर्ष अर्को संस्थालाई आफूमा गाभेकाले कर छुट पाउने हुँदा नगद भने छुट्याएको छैन ।

 

दुवै लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

४ महिनामै व्यापार घाटा साढे ५ खर्ब नाघ्यो, यी हुन् धेरै आयात भएका १० वस्तु Read Previous

४ महिनामै व्यापार घाटा साढे ५ खर्ब नाघ्यो, यी हुन् धेरै आयात भएका १० वस्तु

ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?