ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक संचालक समितिको मंसिर ९ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

 

हाल ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ।

साना किसान र कालिका लघुवित्तको लाभांश घोषणा, कुनको कति ? Read Previous

साना किसान र कालिका लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

लागत न्यूनीकरण मार्फत औद्योगिकीकरणमा जोड दिनुुपर्छ : निजी क्षेत्र Read Next

लागत न्यूनीकरण मार्फत औद्योगिकीकरणमा जोड दिनुुपर्छ : निजी क्षेत्र