अमेजन र एप्पललाई साढे २६ अर्ब जरिवाना

काठमाडौं । इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (करिब साढे २६ अबए नेपाली रुपैयाँ) जरिवाना लगाएको छ ।

 

इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिबाना गरेको हो ।

 

इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो ।

 

एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ ।

 

इटालीको बजारमा ती उत्पादनहरूको विक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको पुनः विक्रेतामाथि आरोप लागेको छ ।

सिटिजन्स बैंककोे शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा Read Previous

सिटिजन्स बैंककोे शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा

सफ्ट ड्रिङ्क्स उद्योगमा 'आरसी कोला’को इन्ट्री, दैनिक २ लाख बोतल उत्पादन, ८ प्रोडक्ट बजारमा Read Next

सफ्ट ड्रिङ्क्स उद्योगमा 'आरसी कोला’को इन्ट्री, दैनिक २ लाख बोतल उत्पादन, ८ प्रोडक्ट बजारमा