सिटिजन्स बैंककोे शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

 

यसैक्रममा बैंकले दाङको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा ८६ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी होतिदेवि वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

 

यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

 

सिटिजन्स बैंकले हाल देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ११३ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिब १२ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

५ वर्षमा पनि बनेन हात्तीवन-गोदावरी सडक, खाल्डैखाल्डा र धुलोले सास्ती Read Previous

५ वर्षमा पनि बनेन हात्तीवन-गोदावरी सडक, खाल्डैखाल्डा र धुलोले सास्ती

अमेजन र एप्पललाई साढे २६ अर्ब जरिवाना Read Next

अमेजन र एप्पललाई साढे २६ अर्ब जरिवाना