काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट इकाइधनीहरुलाई ७% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
योजना व्यवस्थापक सीबीआइएल क्यापिटल लिमिटेडको आइतबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ७%नगद दिने घोषणा गरेको हो ।
सिटिजन म्युचुअल फण्ड-१ सिटिजन बैंकको प्रवद्र्धन तथा सिबिआईएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष योजना हो।