बैंक अफ काठमान्डूले १७% लाभांश दिने घोषणा

 

काठमाडौं । बैंक आफ काठमान्डूले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

 

गत वर्ष १ अर्ब ९३ करोड ८२ लाख खुद नाफा कमाएको बैंकले ४८ करोड ३७ लाख ८६ हजार ६० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्नसहित ८८ करोड ६९ लाख ४१ हजार ११० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

 

हाल बैंक अफ काठमान्डूको चुक्ता पूँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्नेछ ।

अझै १८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति Read Previous

अझै १८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति

सिटिजन म्युचुअल फण्ड–१ ले  ७% लाभांश दिने घोषणा Read Next

सिटिजन म्युचुअल फण्ड–१ ले ७% लाभांश दिने घोषणा