सिटिजन्स बैंकले कमलादीमा खोल्यो ‘प्रिभिलेज काउन्टर’

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि सेवा दिन कमलादीस्थित आफ्नै भवनमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

 

बैंकले हाल प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।

 

साथै अब उपरान्त ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरिएको छ ।

 

बैंकले हाल देशभरका १७४ वटा शाखा, १२३ वटा एटीएम र ११३ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब साढे १२ लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

देशभरका आधा दर्जन सडक ४ र ६ लेनका बन्दै, कुन सडकको कति भयो काम ? Read Previous

देशभरका आधा दर्जन सडक ४ र ६ लेनका बन्दै, कुन सडकको कति भयो काम ?

बैंकमा राखेको पैसा धमाधम झिक्दै, एक महिनामै कसले झिक्यो ४३ अर्ब ? Read Next

बैंकमा राखेको पैसा धमाधम झिक्दै, एक महिनामै कसले झिक्यो ४३ अर्ब ?