मनकामना केबलकार चढ्नेको घुँइचो, एकैदिन झन्डै ७ हजारले चढे

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ ।

 

कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् ।

 

यसैबीच शनिबार मात्र झन्डै ७ हजार दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन ६ हजार ७०० ले केबलकार चढेको बताए ।

 

उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकैदिन ६ हजार ७०० जनाले चढेको पहिलोपटक हो । कोरोना महामारीअघि दैनिक ४ हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे ।

 

सार्वजनिक बिदा र शनिबारका दिन भने सोभन्दा बढी सङ्ख्यामा दर्शनार्थीहरू केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताए।

 

मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको तल्लो प्रदेशद्वार चितवनको इच्छाकामना–४ चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।

उडान विस्तारमा आक्रमक बन्दै बुद्ध एयर, १० वटा जहाज थप्दै Read Previous

उडान विस्तारमा आक्रमक बन्दै बुद्ध एयर, १० वटा जहाज थप्दै

खप्तडभित्रै ओझेलमा परेको मिनी खप्तड ‘खोल्लेक’ (फोटोफिचर) Read Next

खप्तडभित्रै ओझेलमा परेको मिनी खप्तड ‘खोल्लेक’ (फोटोफिचर)