उडान विस्तारमा आक्रमक बन्दै बुद्ध एयर, १० वटा जहाज थप्दै

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले दुई वर्षभित्रै ४ वटा अत्याधुनिक जहाज ल्याउने भएको छ । पछिल्लो समय देशभर आक्रमक रुपमा उडान विस्तार गर्दै आएको बुद्धले  सन् २०२३ को सुरुआतसम्म ४ वटा अत्याधुनिक ट्वीनअटर जहाज ल्याउने भएको  हो  ।

 

ती जहाज ल्याएपछि बुद्धले पूर्वमा मन्थली, पश्चिममा पोखरा र सुदूरपश्चिममा नेपालगञ्जलाई हब बनाएर उडान भर्ने योजना बनाएको हो ।

 

ती गन्तव्यमा उडान भर्ने नयाँ अत्याधुनिक जहाज हाल निर्माणको क्रममा रहेको एयरलाइन्सले जनाएको छ । यसैक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत द्वीअटर विमान निर्माता कम्पनी वाइकिङ एयर लिमिटेडका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोब मोराच्रसँग ‘दुवई एयर सो’ मा भेटवार्ता गरेका छन् ।

 

यसैगरी, कम्पनीले सन् २०२६ सम्म १० वटा जहाज थप्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२३ को सुरुआतसम्म ४ वटा, सन् २०२४ मा दुई वटा जहाज थप्ने छ । त्यस्तै, सन् २०२५ र २०२६ मा क्रमशः २/२ जहाज थप्ने योजना रहेको एयरलाइन्सले जनाएको छ ।

ड्राइभरहरू गाडी रोकेर सडकमा झरेको पैसा टिप्न थालेपछि... Read Previous

ड्राइभरहरू गाडी रोकेर सडकमा झरेको पैसा टिप्न थालेपछि...

मनकामना केबलकार चढ्नेको घुँइचो, एकैदिन झन्डै ७ हजारले चढे Read Next

मनकामना केबलकार चढ्नेको घुँइचो, एकैदिन झन्डै ७ हजारले चढे