कफी बीमालेख जारी, किसानको दुर्घटनाबाट मृत्यु भए २ लाख पाउने

काठमाडौं । बीमा समितिले उत्पादनमा आधारित कफी बीमालेख जारी गरेको छ । कफी खेतीमा हुन सक्ने संभावित क्षति र जोखिमको रक्षावरण गर्न कफी बीमालेख जारी गरिएको समितिले जनाएको हो ।

 

समितिले जारी गरेको कफी बीमालेख अनुसार कफी खेतीमा ८ प्रकारको प्रकोकबाट हुने क्षतिको जोखिम बहन गरिएको छ । कफी खेतीमा हावाजन्य, पानीजन्य, मौसमजन्य, अग्नीजन्य, भूमिजन्य, चट्याङ्जन्य, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट भएको क्षति र रोग तथा किराजन्य क्षतिको रक्षावरण हुनेछ ।

 

यस्तै, बीमालेखमा उल्लेख गरिएको अवधि भित्र बीमित (किसान) को दुर्घटनाबाट मृत्यु भएका बीमांकको अतिरिक्त दुर्घटना बीमाबापत २ लाख रुपैयाँ बीमा कम्पनीले भुक्तानी गर्नेछ । तर यस्तो सेवा पाउन बीमितले दुर्घटना बीमा बापत ५०० रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

 

कफी खेतीमा अत्यप्रत्यक्ष क्षतिको जोखिम बहन नहुने, अधिकार प्राप्त निकायबाट पुर्याइएको क्षतिको जोखिम बहन नहुने समितिले जनाएको छ ।

 

यस्तै विकिरण वा फोहोरबाट हुनसक्ने क्षतिको जोखिम तथा अन्य बीमामा जस्तै युद्ध वा युद्ध सरहको अवस्थामा पुगेको क्षति, हराएमा, चोरी भएमा, बीमित वा बीमितका एकाघरका व्यक्तिले जानाजान वा मनोरञ्जनका लागि पुर्याएको क्षति पनि जोखिम बहन नहुने बीमालेखमा उल्लेख छ ।

 

 

डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क दिने Read Previous

डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क दिने

माथिल्लो तामाकोशी पहिलो पटक नाफामा, ३ महिनामै कमायो झन्डै १ अर्ब Read Next

माथिल्लो तामाकोशी पहिलो पटक नाफामा, ३ महिनामै कमायो झन्डै १ अर्ब