डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क दिने

काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

 

कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

 

गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए ।

 

यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

 

त्यस्तै, वार्षिक ग्राहकले मासिक ५५० रुपैयाँ (भ्याटसहित) मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् । डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य सहरहरूमा डिशहोमको फाइबरनेट सेवा पुगेको छ ।

 

पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव, किसानले गहुँ छर्न पाएनन् Read Previous

पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव, किसानले गहुँ छर्न पाएनन्

कफी बीमालेख जारी, किसानको दुर्घटनाबाट मृत्यु भए २ लाख पाउने Read Next

कफी बीमालेख जारी, किसानको दुर्घटनाबाट मृत्यु भए २ लाख पाउने