ब्याजदरमा राष्ट्र बैंकको लगाम, बैंकहरुले ब्याज बढाउने तयारी गरिरहेकै बेला आयो नयाँ निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरमा लगाम लगाएको छ । पछिल्लो समय बैंकहरुले होडबाजी गर्दै ब्याज बढाउन थालेपछि राष्ट्र बैंकले सर्कुलर जारी गर्दै लगाम लगाएको हो ।

 

राष्ट्र बैंकले यसअघि नै विज्ञप्तिमार्फत १० प्रतिशतभन्दा बढी ब्याज बढाउन नपाउने जनाएको थियो । सोही कुरालाई राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै बैंकहरुलाई जानकारी गराएको हो ।

 

बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारी गरिरहेका बेला राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकका अनुसार अब बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदर (कल निक्षेप बाहेक)मा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने छन् ।

 

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ ।

 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट र संस्थागत मुद्दती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुसम्म बढाउन सक्ने व्यवस्था हटाएको छ ।

 

यसैगरी बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नु पर्नेछ । तर, आफुसंगै रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बिन्दू सम्म थप गरी निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको छ ।

 

 

बैंकमा राखेको पैसा धमाधम बाहिरिँदै, २६ दिनमै कसले झिक्यो ४६ अर्ब ? Read Previous

बैंकमा राखेको पैसा धमाधम बाहिरिँदै, २६ दिनमै कसले झिक्यो ४६ अर्ब ?

छिमेक लघुवित्तको नाफा साढे तीन गुणाले वृद्धि, यस्ता छन् अन्य सूचक Read Next

छिमेक लघुवित्तको नाफा साढे तीन गुणाले वृद्धि, यस्ता छन् अन्य सूचक