रघुपति जुट मिल्सद्धारा हिरक जयन्तिमा वृक्षरोपण

काठमाडौं । रघुपति जुट मिल्सले स्थापनाको ७५ वर्ष पूगेको उपलक्ष्यमा हिरक जयन्ति मनाएको छ । वि.सं. २००३ साल भाद्र ७ गते स्थापना भएको कम्पनीले हिरक जयन्ति वृक्षारोपण एवं कामदार/कर्मचारीलाई सम्मान गर्दै मनाएको हो ।

 

सो अवसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग परिसरमा स्वामी, रुद्राक्ष लगायतका वृक्षारोपण गरे । साथै ६० वर्ष जुट मिल्समा कार्य गरी २०७० सालमा सेवा निवृत्त भएका श्रमिक अर्विद हुसेनलाई दोसल्ला, फूलमाला र नगद पुरस्कार सहित प्रमुख अतिथिबाट सम्मान गरियो ।

 

त्यसै गरी मिलमा कार्यरत एकै परिवारका तीन पुस्ता हजुर आमा, समिन्दा खातुन, छोरी आफ्सना खातुन एवं नातिनी सोनम खातुनलाई प्रमुख अतिथिबाट सम्मान एवं पुरस्कृत गरियो । सो अवसरमा मिल्समा एकै परिवारका दुई पुस्ता देखि कार्यरत कर्मचारीहरुमध्ये कर्मचारी नारायण खड्का र प्रकाश कुमार खड्कालाई समेत सम्मान एवं पुरस्कृत गरियो ।

 

वि.सं. २००३ सालमा स्थापना भई २०५३ सालमा निजिकरण भएको मिल्समा हाल ३००० भन्दा बढी कामदार कर्मचारी कार्यरत रहेका छन् । उद्योगले दैनिक ५० टन जुटका विभिन्न सामाग्री उत्पादन गर्दै आएको छ ।

 

प्राइम कमर्शियल बैंकको लाभांश घोषणा Read Previous

प्राइम कमर्शियल बैंकको लाभांश घोषणा

चिनियाँ कम्पनीद्धारा साझाका ४० वटा विद्युतीय बस बनाउन सुरू, कहिलेसम्म आइपुग्छन् ? Read Next

चिनियाँ कम्पनीद्धारा साझाका ४० वटा विद्युतीय बस बनाउन सुरू, कहिलेसम्म आइपुग्छन् ?