प्राइम कमर्शियल बैंकको लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्शियल बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १६.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

चोकचोकमा थुप्रिएको फोहरको डंगुर र रमिते महानगर Read Previous

चोकचोकमा थुप्रिएको फोहरको डंगुर र रमिते महानगर

रघुपति जुट मिल्सद्धारा हिरक जयन्तिमा वृक्षरोपण Read Next

रघुपति जुट मिल्सद्धारा हिरक जयन्तिमा वृक्षरोपण