चोकचोकमा थुप्रिएको फोहरको डंगुर र रमिते महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका दशेकै सबैभन्दा जेठो महानगर हो । संघीय राजधानी समेत रहेकाले यो सधैं देशको केन्द्र विन्दुमा रहेको छ । यहाँका हरेक विकास र व्यवस्थापनका मोडल नमूना बन्नुपर्ने हो ।

 

तर, बिडम्वना काठमाडौं महानगरको व्यवस्थापकीय क्षमता अन्य महानगरको भन्दा पनि कमजोर र दयनिय रहेको छ । काठमाडौं महानगर भित्र पार्किङ, फोहोर व्यवस्थापन, खानेपानी तथा ढल, फूटपाथ, सडक लगायतको अवस्था अत्यन्तै अस्तव्यस्त रहेको छ ।

 

कहिले झरी/वर्षा, कहिले कर्मचारी आन्दोलन, कहिले स्थानीयको आन्दोलन लगायत बाहानामा फोहर सडकमा थुप्रिएको हुन्छ । फोहर व्यवस्थापन जस्तो संवेदनशील विषयमा महानगरले वेवास्ता र दीर्घकालीन समाधान नखोज्दा बेलाबेलामा यो समस्या दोहोरिने गरेको छ ।

 

वर्षौंदेखि रहँदै आएका यी समस्याहरु समाधानमा महानगरको दीर्घकालीन योजना, नीति तथा कार्यक्रम नहुँदा सधैं अवस्था उस्तै रहेको छ । पछिल्लो पटक फेरि महानगरले फोहर व्यवस्थापन गर्न नसक्दा सडक दुर्गन्धित हुन थालेका छन् ।

 

तिहार सुरु भएदेखि काठमाडौंका सडकका फोहर उठ्न सकेको छैन । जसले पैदलयात्रीका साथै सवारीसाधन आवतजावतमा समेत समस्या हुन थालेको छ ।

 

कहिले झरी/वर्षा, कहिले कर्मचारी आन्दोलन, कहिले स्थानीयको आन्दोलन लगायत बाहानामा फोहर सडकमा थुप्रिएको हुन्छ । फोहर व्यवस्थापन जस्तो संवेदनशील विषयमा महानगरले वेवास्ता र दीर्घकालीन समाधान नखोज्दा बेलाबेलामा यो समस्या दोहोरिने गरेको छ । जसले टोलदेखि मुख्य सडकसम्म दुर्गन्धित बन्ने गरेको छ ।

 

वर्षेनी अर्बो कर उठाउने महानगरको उदासिनता र दीर्घकालीन ठोस कार्यक्रम नहुँदा फोहर व्यवस्था पनि जटिल र भयावह समस्या बन्दै गएको छ । फोहोर व्यवस्थापनका लागि भन्दै करिब १ दशक अघि बञ्चरे डाँडामा ल्याण्डफिल निर्माण सुरु गरिए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।

 

काठमाडौं महानगरले फोहर व्यवस्थापनका अन्य वैकल्पिक उपायहरुको खोजी नगर्दा र सिसडोलकै मात्र भर पर्दा फोहर व्यवस्थापन झन् ठूलो चुनौति बन्दै गएको छ । बञ्चरे डाँडा ल्याण्डफिल साइटमा तत्कालै फोहर व्यवस्थापन गरिने बताइए पनि निर्माण पूरा नभएकाले कहिलेदेखि त्यहाँ व्यवस्थापन गर्न सकिन्छ टुंगो छैन् ।

 

काठमाडौं महानरपालिका वातावरण विभागले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ टन फोहर संकलन हुने गरेको छ । जसमध्ये काठमाडौं महानर क्षेत्रबाट मात्र दैनिक ५ सय १६ टन फोहर संकलन हुने गरेको छ ।

 

कामपाले २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागिभन्दै बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म फोहर व्यवस्थापन गदै आएकाले कठिनाइ भएको हो । कामपाले १६ वर्षदेखि ओखरपौवा, आलेटार र सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको छ ।

 

बञ्चरे डाँडाँमा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण जति सक्दो छिटो सम्पन्न नहुने हो भने सिसडोलमा फोहर व्यवस्थापन गर्न कठिन हुन्छ भनेर महानगरले पहिले नै जानकारी गराइ सकेको छ । गत वर्ष सिसडोलमै फोहर व्यवस्थापन भए पनि यो वर्ष त्यहि ठाउँमा फोहर व्यवस्थापन गर्न कठिन छ ।

 

फोहर व्यवस्थापन घरदेखि नै गर्न सकिने भए पनि महानगरले घरबाट निस्केको फोहर व्यवस्थापन आफैले गर्न सक्नेगरी कुनै पनि योजना ल्याएको छैन । कुहिने फोहरलाई घरमै व्यवस्थापन गरी नकुहिने फोहरको पुनः प्रयोग गर्नका लागि प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक छ । तर, यसबारे महानगरको खासै ध्यान गएको देखिँदैन ।

 

बढ्दो शहरीकरणसँगै संसारभर फोहर मैला व्यवस्थापनका लागि ‘थ्री आर’ विधि प्रयोग हुन थालेको छ । थ्री आर अर्थात् रिड्युस (कम गर्ने), रियुज (पुनःप्रयोग) र रिसाइकल (पुनः उत्पादन) । नेपालमा पनि यस्तै विधि अपनाउन आवश्यक छ ।

 

फोहर व्यवस्थापनको कार्य अपरिहार्य र चुनौतिपूर्ण हो भन्ने जान्दाजान्दै पनि कामपाले यस विषलाई बेवास्ता गरेको देखिन्छ । यसले कतै महानगर फोहर व्यवस्थापन गर्नुभन्दा पनि त्यसमै रमाउन अभ्यस्त भएको त हैन भन्ने भान पारेको छ ।

 

 

मध्यपहाडी राजमार्गको ठाउँठाउँमा मुआब्जा विवाद, अझै हुन सकेन सीमा निर्धारण Read Previous

मध्यपहाडी राजमार्गको ठाउँठाउँमा मुआब्जा विवाद, अझै हुन सकेन सीमा निर्धारण

प्राइम कमर्शियल बैंकको लाभांश घोषणा Read Next

प्राइम कमर्शियल बैंकको लाभांश घोषणा