चीनले भियतनाममा बनाइदिएको मेट्रोरेल संचालनमा

हनोइ । भियतनामी राजधानी हनोईका अधिकारीहरूले शनिबार चीनद्वारा निर्मित क्याट लिन्ह–हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका छन् ।

 

उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको छ। मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म निःशुल्करूपमा आवतजावत गर्न सक्नेछन् ।

 

शनिबार बिहान निःशुल्क दुईतर्फी यात्रा गरेपछि हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन् ।

 

‘अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनु पर्दैन,’ हुओङले भनिन्, ‘शहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जनेछन् ।’

 

१२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमी भन्दा बढी छ। प्रत्येक रेल प्रतिघण्टा ८० किमी को गतिमा १,००० यात्रु बोकेर हिँड्नेछ ।

 

एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो । प्रति यात्रु टिकटको मूल्य ३० हजार भियतनामी मुद्रा हुनेछ ।सिन्ह्वा

रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का, यस्तो छ कारण Read Previous

रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का, यस्तो छ कारण

६ अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक Read Next

६ अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक