६ अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

 

बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको ६ अर्ब गरी कूल ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।

 

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक १५ मा बैंकले १ अर्ब ६६ करोडको ट्रेजरी विक्री गरेको थियो ।

 

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

 

राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र विक्री गर्दछ ।

चीनले भियतनाममा बनाइदिएको मेट्रोरेल संचालनमा Read Previous

चीनले भियतनाममा बनाइदिएको मेट्रोरेल संचालनमा

२० महिनापछि विदेशी यात्रुलाई अमेरिकी सीमा खुला Read Next

२० महिनापछि विदेशी यात्रुलाई अमेरिकी सीमा खुला