काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ ।
रिडी हाइड्रोपावर कम्पनीमा गाभिने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रैराङको सेयर कारोबार रोक्का गरेको हो ।
रिडी र रैराङले कात्तिक १७ गते एक आपसमा गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि रैराङको सेयर बजार कारोबार रोक्का हुने नेप्सेले जनाएको छ ।