दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गुराँस लाइफ इन्स्योरेन्स र एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

दुवै लघुवित्तले साधरणसभा प्रयोजनका लागि भोलि (कात्तिक २३ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशत गरी ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले मंसिर १० गते एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुनेमा हुनेछ ।

 

त्यसैगरी, एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट घोषणा गरेको ५.४१ प्रतिशत नगद लाभांश पारित गर्न मंसिर ५ गते चौथो साधरण सभा डाकेको छ । लघुवित्तको सभा धरान ब्यांकेट, धरान–१३, सुनसरीमा हुनेछ ।

 

दुवै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

तारा एयरद्धारा पोखरा-नेपालगन्ज उडान सुरू, भाडादर कति ? Read Previous

तारा एयरद्धारा पोखरा-नेपालगन्ज उडान सुरू, भाडादर कति ?

रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का, यस्तो छ कारण Read Next

रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का, यस्तो छ कारण