तारा एयरद्धारा पोखरा-नेपालगन्ज उडान सुरू, भाडादर कति ?

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक तारा एयरले पोखरा–नेपालगन्ज–पोखरा उडान सुरु गरेको छ । ताराले शुक्रबारदेखि ट्वीनअटर जहाजबाट पोखरा–नेपालगन्ज उडान सुरु गरेको हो ।

 

ताराले उक्त रुटमा सातामा तीन उडान गर्नेछ । हरेक सोमबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ११:३० बजे उडान गर्ने र नेपालगन्जबाट दिउँसो ३:३० बजे पोखरा फर्कने उडान तालिका रहेको एयरलाइन्सले जनाएको छ ।

 

पोखरा–नेपालगन्ज रुटको एकतर्फी भाडादर ७ हजारदेखि ७ हजार ९२० रुपैयाँसम्म कायम गरिएको छ । पोखरा–जोमसोम–पोखरा उडान गरेपछि एयरलाइन्सले पोखरा–नेपालगन्ज–पोखरा उडान गर्ने छ ।

तिहारमा अनुमानभन्दा धेरै फूलको कारोबार, साढे २१ लाख माला विक्री Read Previous

तिहारमा अनुमानभन्दा धेरै फूलको कारोबार, साढे २१ लाख माला विक्री

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?