तिहारमा अनुमानभन्दा धेरै फूलको कारोबार, साढे २१ लाख माला विक्री

काठमाडौं । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यो वर्ष अनुमानभन्दा बढी फूलको कारोबार भएको छ । यसवर्ष तिहारमा २१ लाख ३५ हजार मालाको कारोबार भएको छ ।

 

फ्लोरीकल्चर एशोसिएसन नेपाल (फ्यान) ले दिएको जानकारी अनुसार यो वर्ष तिहारमा २१ लाख ३५ हजार माला १५ करोड २० लाख ७५ हजार मूल्य बराबरमा विक्री भएको हो ।

 

‘यो वर्ष तिहारमा हामीले सोचेभन्दा धेरै मालाको कारोबार भयो, २१ लाख ३५ हजार माला १५ करोड २० लाख ७५ हजारमा कारोबार भएको तथ्याङ्क छ,’ फ्यानका अध्यक्ष मीन बहादुर तामाङ्गले चाणक्य पोष्टसँग भने ।

 

फ्यानका अनुसार अघिल्लो वर्षको तिहारमा कोभिडका कारण करिब १६ लाख मालाको मात्रै कारोबार भएको थियो । यस वर्षको तिहारमा सयपत्री, मखमली र गोदावरी सहित करिब १८ लाख ६५ हजार मालाको खपत हुने अनुमान गरिएको भए पनि करिब २१ लाख ३५ हजार मालाको कारोबार भएको हो ।

 

तथ्याङ्क अनुसार यो वर्षको तिहारमा १८ लाख १५ हजार सयपत्री माला, ३ लाख ५ हजार मखमली र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ ।

 

यस वर्ष तिहारमा सयपत्री फूलको प्रतिमाला ६० देखि ८० रुपैयाँसम्म र मखमली फूलको प्रतिमाला ४० देखि ७० रुपैयाँसम्म बजारमा कारोबार भएको पाइएको छ ।

 

बेमौसमी वर्षाको कारण यो वर्ष सयपत्री फूल उत्पादनमा कमी आएकाले तिहारको लागि ८०प्रतिशत मात्र आन्तरिक उत्पादन र १५ प्रतिशत आयात गरिएको फ्यानले जानकारी दिएको छ ।

 

त्यसैगरी यो वर्ष तिहारमा ३० लाख मूल्य बराबरको एक हजार माला विभिन्न देशमा निर्यात गरिएको फ्यानले जानकारी दिएको छ ।

 

 

यस वर्षको तीहारको लागि आवश्यक सयपत्री फूलको बजार मागलाई परिपूर्ति गर्न सातै प्रदेश अन्तर्गत ३२ जिल्लामा व्यवसायिक सयसत्री फूलको उत्पादन गरिएको बताइएको छ ।

गौतमबुद्ध विमानस्थलमा एक महिनाभित्र 'क्यालिब्रेशन फ्लाइट' हुने, एरो थाईले पायो अनुमति Read Previous

गौतमबुद्ध विमानस्थलमा एक महिनाभित्र 'क्यालिब्रेशन फ्लाइट' हुने, एरो थाईले पायो अनुमति

तारा एयरद्धारा पोखरा-नेपालगन्ज उडान सुरू, भाडादर कति ? Read Next

तारा एयरद्धारा पोखरा-नेपालगन्ज उडान सुरू, भाडादर कति ?