सिटिजन्स बैंकको १६ प्रतिशत लाभाशं पारित, दुई जना संचालक समिति चयन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको १६ प्रतिशत लाभांश पारित गरेको छ ।

 

बैंकको मंगलबार सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.०८७ नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

 

यस्तै, सभाले आव २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

 

साथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्कीलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

 

सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराए ।

 

बोनस सेयर वितरणपछि बैककोे चुक्ता पुँजी १४ अर्ब २० करोड पुगेको छ । सिटिजन्सले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक सम्ममा करिब १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । बैंकले सोही अवधिमा ६९ करोड खुद मुनाफा आर्जन गरेको छ ।

 

बैंकले हाल देशफरका १७४ वटा शाखा, १२३ वटा एटीएम र ११२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब १२ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

राष्ट्र बैंकद्वारा जीएमई-पे को अनुमति खारेज Read Previous

राष्ट्र बैंकद्वारा जीएमई-पे को अनुमति खारेज

सीजी स्मार्ट होम स्कीमको पहिलो विजेता घोषणा Read Next

सीजी स्मार्ट होम स्कीमको पहिलो विजेता घोषणा