राष्ट्र बैंकद्वारा जीएमई-पे को अनुमति खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो ।

 

‘यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क)को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको हो,’ बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

 

राष्ट्र बैैंकका अनुसार सो वालेटले भुक्तानी तथा फर्छ्यौट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो ।

 

भुक्तानी तथा फर्छ्यौट विनियमावली अनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले ६ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि जीएइमईले १ वर्षसम्म सेवा सञ्चालमा ल्याउन नसकेपछि राष्ट्र बैंकले अनुमतिपत्र खारेज गरेको हो ।

क्लासिक टेकको आउटलेट पोखराको लेखनाथमा विस्तार Read Previous

क्लासिक टेकको आउटलेट पोखराको लेखनाथमा विस्तार

सिटिजन्स बैंकको १६ प्रतिशत लाभाशं पारित, दुई जना संचालक समिति चयन Read Next

सिटिजन्स बैंकको १६ प्रतिशत लाभाशं पारित, दुई जना संचालक समिति चयन