काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा विस्तार गरेको छ।
कम्पनीले पोखराको लेखनाथमा आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नो नयाँ आउटलेट संचालनमा ल्याएको हो ।
कम्पनीले लेखनाथ आसपासका ठाउँहरुमा सेवा सुविधा बढाउने उद्देश्यले थप सेवा विस्तार गरेको हो। क्लासिक टेकले कोरोना महामारीको समय अनि लकडाउनपछिको छोटो समयमै तिब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट विस्तार गर्दै गएको छ ।
आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिंग स्टाफ राखिएको छ। कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ । कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई इन्टरनेट र इंट्रानेट सेवाहरु पनि दिँदै आइरहेको छ ।
अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा तीव्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिने उद्धेश्यले पोखराको लेखनाथमा आउटलेट विस्तार गरेको हो।
कम्पनीले तूफान अफर अन्तरगत ५० एमबीपीएस स्पीडको इन्टरनेट केबल ११५४ रुपैयाँ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ । जसका साथमा १५० टीभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुविधा रहेको छ ।