काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलै एकपटक डूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आइतबार सूचना प्रकाशित गर्दै विभिन्न १२ पदमा ८३६ जनाको आवेदन माग गरेको हो ।
बैंकले पाँचौं तहको वरिष्ठ सहायकदेखि नवौं तहको वरिष्ठ प्रबन्धकसम्म पदको लागि दरखास्त मागेको हो ।
बैंकले सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र पाँचौं तहको प्रशासनतर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरेको छ ।यस्तै, केन्द्रीय कार्यालयमा ९ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १४ जना उपप्रबन्धक (लेखा) सहित माग गरेको छ।
इच्छुक आवेदकले सोमबारदेखि मंसिर ५ गतेसम्म अनलाइन् मार्फत आवेदन दिन सक्ने सूचनामा जनाइएको छ । यस्तै, दोब्बर दस्तुर तिरेर मंसिर १२ गतेसम्म आवेदन दिन सकिने छ ।
