सूर्या लाइफ र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स संचालक समितिको शनिबार बसेको बैठकले १२.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.३६ प्रतिशत लाभांश दिने निण्र्नय गरेको हो ।

 

इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

 

यसैगरी, महुली लघुवित्त वित्तीय संस्थाले पनि गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्त संचालक समितिको शनिबार बसेको बैठकले २६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

मुक्तिनाथ विकास बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश Read Previous

मुक्तिनाथ विकास बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो ८३६ कर्मचारी, कुन पदमा कति ? Read Next

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो ८३६ कर्मचारी, कुन पदमा कति ?