मुक्तिनाथ विकास बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.९२५ प्रतिशत नगद गरी कुल १८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा ३.४९ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद गरी १५.५१ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

एनएमबी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

एनएमबी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

सूर्या लाइफ र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ? Read Next

सूर्या लाइफ र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ?