काठमाडौं । एनएमबी बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।