कृषि विकास बैंकको नाफामा सामान्य सुधार, कुमारीको भने घट्यो

काठमाडौं । कृषि विकास बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५.१८ प्रतिशतले वृद्धि भएको छ ।

 

असोज मसान्तसम्म बैंकले ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ३९ लाख बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी र संचालन मुनाफा बढे पनि इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफामा सामान्य मात्र वृद्धि भएको हो ।१६ अर्ब ४२ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८३ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ३ अर्ब ६५ करोड रुपैयाँ संचित छ ।

 

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँबाट घटेर १४.७० रुपैयाँमा झरेको छ ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४०.२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.५५ गुणा, सीडी अनुपात ८८.९९ प्रतिशत, आधारदर ७.१२ प्रतिशत र स्प्रेडदर ४.३६ प्रतिशत र खराब कर्जा २.०८ प्रतिशत रहेको छ ।

 

कुमारीको नाफा १० प्रतिशतले घट्यो

 

आक्रमक कर्जा विस्तार गरे पनि कुमारी बैंकको खुद नाफामा गिरावट आएको छ । पहिलो त्रैमासमा कुमारीको खुद नाफा १०.१९ प्रतिशतले घटेको हो ।

 

चालू आवको असोज मसान्तसम्म कुमारीले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोकमाएको थियो।

 

१३ अर्ब ८७ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ९३ करोड रुपैयाँ, सेयर प्रिमियम ८ करोड ८८ लाख र रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड रुपैयाँ संचित छ ।

 

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ५५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.३७ रुपैयाँबाट घटेर १५.३४ रुपैयाँमा झरेको छ ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३८.५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.४७ गुणा, सीडी अनुपात ९२.१३ प्रतिशत, आधारदर ७.८८ प्रतिशत र स्प्रेडदर २.७१ प्रतिशत र खराब कर्जा ०.८२ प्रतिशत रहेको छ ।

अघि बढ्यो मुग्लिङ-पोखरा सडक ४ लेन विस्तार, ३१ मोटरेबल पुल निर्माण हुने Read Previous

अघि बढ्यो मुग्लिङ-पोखरा सडक ४ लेन विस्तार, ३१ मोटरेबल पुल निर्माण हुने

एनएमबी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

एनएमबी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?