नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन

काठमाडौं । भृकुटीमण्डपमा चलिरहेको नाडा अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको छ ।

 

यस अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक अल्फा जेनिथ 5w-30  र म्याक अल्फा जेनिथ 10w-30 र अर्काे म्याक रुवि ग्रीज पनी लन्च गरेको हो ।

 

यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यसको बहुविशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ ।

 

म्याक लुब्रिकेन्ट भारत पेट्रोलीयम कर्पेरेटको उत्पादन मध्येको एक उत्पादन हो । यसले सोमा ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको म्याक लुब्रिकेन्टले जनाएको छ ।

 

उक्त नयाँ उत्पादनको लन्च भारत पेट्रोलीयम क्रपोरेसनका -लुब्रिकेन्टका कार्यकारि निर्देशक भि ।आन्नद र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारीे निर्देशक राजन बाबु श्रेष्ठले गरे ।

 

विगत १७ वर्ष देखि सिप्रदी नेपालको नम्बर १ ल्युब्रिकेन्टस् -म्याक ल्युब्रिकेन्टस्को लागि एक मात्र आधिकारिक वितरक हो ।

 

नाडाले आयोजना गरेको अटो शोे यही भाद्र १० गते देखि १५ गते (६ दिन)सम्म चल्नेछ ।

एनआईबिएल समृद्धि फण्ड-१ ले ६.५% लाभांश दिने घोषणा Read Previous

एनआईबिएल समृद्धि फण्ड-१ ले ६.५% लाभांश दिने घोषणा

बैंकहरुले राम्रो घर–जग्गा हेरेर भन्दा व्यावसायको प्रकृति हेरेर ऋण दिनुपर्छ : अर्थमन्त्री Read Next

बैंकहरुले राम्रो घर–जग्गा हेरेर भन्दा व्यावसायको प्रकृति हेरेर ऋण दिनुपर्छ : अर्थमन्त्री