एनआईबिएल समृद्धि फण्ड-१ ले ६.५% लाभांश दिने घोषणा

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड–१ ले गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गरेको छ।

 

एनआईबिएल एस क्यापिटलको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीलाई कर सहित ६.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । सो बैंठकले ६ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सेयर बजारमा मन्दी छाएपछि सूचीकृत कम्पनीको सेयरमूल्य घट्दा लाभांश करिब आधाले घटेको क्यापिटलले जनाएको छ ।

कुमारी बैंक र सारथीबीच डिजिटल पेमेन्टमा सहकार्य, २० रुपैयाँसम्म क्यास ब्याक Read Previous

कुमारी बैंक र सारथीबीच डिजिटल पेमेन्टमा सहकार्य, २० रुपैयाँसम्म क्यास ब्याक

नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन Read Next

नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन