मिर्मिरे माइक्रोफाइनान्सको छलाङ, खुद नाफा ३ गुणाले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले खुद नाफामा छलाङ मारेको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद झन्डै तीन गुणाले वृद्धि भएको छ ।

 

चालू आवको असोज मसान्तसम्म लघुवित्तले ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९३.३२ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा लघुवित्तले २ करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा वृद्धि हुँदा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११५.७१ प्रतिशतले बढेर १३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तको संचालन मुनाफा १९३.३२ प्रतिशतले बढेर १० करोड १२ लाख रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिसम्म लघुवित्तले २ अर्ब १३ करोड निक्षेप संकलन र ५ अर्ब ४६ करोड सापटी लिइ कुल ८ अर्ब ११करोड कर्जा प्रवाह गरेको छ । हाल ४३ करोड ५० लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४१ करोड १७ लाख संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३७.०१रुपैयाँले ५८.६२ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा २.७२ प्रतिशतबाट घटेर २ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १९४.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७४ प्रतिशत रहेको छ ।

बेमौसमी वर्षाले ४ लाख माला बन्ने फूल नष्ट, तिहारमा मालाको मूल्य बढ्ने Read Previous

बेमौसमी वर्षाले ४ लाख माला बन्ने फूल नष्ट, तिहारमा मालाको मूल्य बढ्ने

नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?