निर्जीवन बीमाको प्रिमियम वृद्धिप्रति वाणिज्य महासंघको आपत्ति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम वृद्धिप्रति आपत्ति जनाएको छ ।

 

बिबीमा समितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूका लागि जारी गरेको गैरशुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियमदर वृद्धि गरी न्यूनतम सीमा तोकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

 

खुला बजार अर्थ व्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि सोही दरलाई नै न्यूनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढ्न जाने महासंघले जनाएको छ ।

 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघलगायत आयोजना निर्माणमा संलग्न संघ–संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बिमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि बीमितले बीमकबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न सर्तहरू राखिएका छन् । यस विषयमा सबै सरोकारवालासँग अविलम्ब छलफल गर्न पनि महासंघले माग गरेको छ ।

 

यसैगरी, बजारमा प्रतिस्पर्धा निरुत्साहित हुने गरी नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरूलाई गैरशुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियमदर पुनरवलोकन गर्न पनि महासंघले माग गरेको छ । खुला बजार अर्थ व्यवस्थामा प्रतिस्पर्धाद्वारा मूल्य निर्धारण हुने हुँदा न्यूनतम शुल्क तोक्न नहुने महासंघले जनाएको छ ।

 

साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघ आग्रह गरेको छ ।

 

नेप्सेमा लगातार चौथो दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने ११ कम्पनी Read Previous

नेप्सेमा लगातार चौथो दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने ११ कम्पनी

३ जलविद्युत् आयोजनाले किनेर दिए सरकारलाई १३० रोपनी जग्गा Read Next

३ जलविद्युत् आयोजनाले किनेर दिए सरकारलाई १३० रोपनी जग्गा