एनआइसी एशिया लघुवित्तको नाफा साढे दुई गुणाले वृद्धि, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको खुद नाफा साढे दुई गुणाले वृद्धि भएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १५०.५१ प्रतिशतले वृद्धि भएको छ ।

 

चालू आवको असोज मसान्तसम्म लघुवित्तले १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ करोड ७७ लाख रुपैयाँ बढी हो । गत आवको पहिलो त्रैमासमा लघुवित्तले ६ करोड ४९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

लघुवित्तको खुद ब्याज आम्दानी, संचालन मुनाफा, फी, कमिशन तथा डिस्काउण्ट आम्दानी वृद्धि हुँदा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०३.१० प्रतिशतले बढेर ३५ करोड ११ लाख रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तको संचालन मुनाफा १४९.५१ प्रतिशतले बढेर २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिसम्म लघुवित्तले ३ अर्ब १९ करोड करोड निक्षेप संकलन र २० अर्ब ६१ करोड सापटी लिइ कुल २२ अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ७३ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ९९ करोड ८५ लाख संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी दोब्बरले बढेर १७.५५ रुपैयाँबाट बढेर ३७.४१ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने ०.९७ प्रतिशतबाट बढेर १.५५ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १५७.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.२१ प्रतिशत रहेको छ ।

साधना लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ? Read Previous

साधना लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

जसले रुखको जरा देख्नै हुन्न, अद्भूत कलामा उतारिहाल्छन्, बनाए घरमै संग्राहलय (फोटोफिचर) Read Next

जसले रुखको जरा देख्नै हुन्न, अद्भूत कलामा उतारिहाल्छन्, बनाए घरमै संग्राहलय (फोटोफिचर)