साधना लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ८८.३९ प्रतिशतले वृद्धि भएको छ ।

 

चालू आवको असोज मसान्तसम्म लघुवित्तले ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५५ लाख रुपैयाँ बढी हो । गत आवको पहिलो त्रैमासमा लघुवित्तले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा वृद्धि हुँदा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तको संचालन मुनाफा ५८९.१९ प्रतिशतले बढेर ४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिसम्म लघुवित्तले ९३ करोड निक्षेप संकलन र २ अर्ब ८८ करोड सापटी लिइ कुल ३ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ । हाल २५ करोड ६९ लाख  चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १६ करोड २१ लाख संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १९.१४ रुपैयाँले ५१.२२ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने ०.७० प्रतिशतबाट बढेर १.६० प्रतिशत पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६३.१० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.८४ प्रतिशत रहेको छ ।

गोदावरी पुष्प प्रदर्शनी मेला कात्तिक १२ देखि हुने Read Previous

गोदावरी पुष्प प्रदर्शनी मेला कात्तिक १२ देखि हुने

एनआइसी एशिया लघुवित्तको नाफा साढे दुई गुणाले वृद्धि, कस्तो छ वित्तीय अवस्था ? Read Next

एनआइसी एशिया लघुवित्तको नाफा साढे दुई गुणाले वृद्धि, कस्तो छ वित्तीय अवस्था ?