गोदावरी पुष्प प्रदर्शनी मेला कात्तिक १२ देखि हुने

काठमाडौं । १४ औं गोदावरी पुष्प प्रदर्शनी कात्तिक १२ गतेदेखि सुरु हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले आज एक कार्यक्रम आयोजना गर्दै प्रदर्शनीबारे जानकारी दिएको हो ।

 

मेला ललितपुरको ज्वागलमा चार दिनसम्म आयोजना हुनेछ । पुष्प प्रदर्शनीमा ३५ हजार बढीले मेलाको अवलोकन गर्ने र ५० लाख मूल्य बराबरको फूलको कारोबार हुन अपेक्षा गरेको मेला संयोजक सिताराम पन्तले जानकारी दिए ।

 

मेलामा ४४ वटा व्यवसायिक स्टल र ४ वटा सूचनामूकल गरी ४८ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

 

फ्यानले दिएको जानकारी अनुसार आव २०७५/७६ मा २ अर्ब ४२ करोडभन्दा बढीको फूलको कारोबार भएको थियो । त्यसैगरी २०७६/७७ मा २ अर्ब १५ करोडमा कारोबार भएको थियो ।

 

२०७७/ ७८ को वर्षैभरी कोरोना कहरको कारण निषेधाज्ञा हुँदा व्यवसायिक कारोबारमा कमी आई १ अर्ब ६३ करोडको मात्र कारोबार भएको फ्यानले जानकारी दिएको छ ।

यतीको सस्तो अफर, दुई गन्तव्यको टिकट १३०० रुपैयाँमै Read Previous

यतीको सस्तो अफर, दुई गन्तव्यको टिकट १३०० रुपैयाँमै

साधना लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ? Read Next

साधना लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?