यतीको सस्तो अफर, दुई गन्तव्यको टिकट १३०० रुपैयाँमै

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न फेरि सस्तो टिकट अफर ल्याएको छ ।

 

यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले दुई गन्तव्यको लागि सस्तो टिकट अफर ल्याएको हो ।

 

एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी यी दुई गन्तव्यको टिकट सस्तो मूल्यमा किन्न सकिने जनाएको छ ।

 

एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं–जनकपुर र काठमाडौं–भैरहवाको एकतर्फी टिकट १ हजार ३०० रुपैयाँमा किन्न सकिनेछ ।

 

यो अफर अक्टोबर २५ देखि २८ तारिख (कात्तिक ८ देखि ११ गते) सम्म लागू हुने एयरलाइन्सले जनाएको छ ।

नेप्सेमा निरन्तर उछाल, यी १८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा निरन्तर उछाल, यी १८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

गोदावरी पुष्प प्रदर्शनी मेला कात्तिक १२ देखि हुने Read Next

गोदावरी पुष्प प्रदर्शनी मेला कात्तिक १२ देखि हुने